तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

एआईआईबीबाट लिएको ऋण कर्णाली र सुदूरपश्चिमको विद्युत्‌मा खर्चिइने

2019-12-07 17:32:55

एआईआईबीबाट लिएको ऋण कर्णाली र सुदूरपश्चिमको विद्युत्‌मा खर्चिइने

    चीनले नेतृत्व गरेको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग नेपाल सरकारले लिने पहिलो ऋण कर्णाली र सुदूरपश्चिम प्रदेशमा खर्च गर्ने भएको छ। कर्णालीको २७.०३ प्रतिशत र सुदूरपश्चिमको ५८.९० प्रतिशत जनसंख्यामा मात्रै विद्युत् पहुँच पुगेकाले त्यहाको विद्युतीकरण विस्तारमा खर्च गर्ने गरी सरकारले एआईआईबीसँग ऋण लिने लागेको कान्तिपुर अनलाइनले लेखेको छ। दुई प्रदेशभित्र प्रसारण लाइन तथा विद्युत् विस्तारको कार्यमा खर्च गर्ने गरी करिब १३ अर्ब रुपैयाँ ऋण लिने निश्चित भएको अर्थ मन्त्रालयले जनाएको छ।

    मन्त्रालयको वैदेशिक महाशाखा प्रमुख श्रीकृष्ण नेपालका अनुसार त्यसका लागि एआईआईबीसँग वार्ता भइसकेको छ। 'सरकारले यस वर्षको बजेटमा ऊर्जाको पहुँच कम भएका प्रदेश २, कर्णाली र सुदूरपश्चिममा विद्युत् विस्तारको काम गर्ने घोषणा गरेको छ,' उहाँले भन्नुभयो, 'एआईआईबीबाट लिने ऋण कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत्को वितरण प्रणाली स्तरोन्नति तथा विस्तार कार्यमा खर्च गरिनेछ।'

    यी दुई प्रदेशको विद्युत् वितरण प्रणालीको स्तरोन्नति तथा विस्तार कार्यका लागि अर्को एक दातृ निकायसँग समेत सहायता लिने क्रममा रहेको उहाँले बताउनुभयो। 'अर्को निकायसँग पनि कुराकानी टुंगिएपछि एआईआईबीसँग ऋणको सम्झौता हुनेछ,' उहाँले भन्नुभयो, 'एआईआईबीबाट लिने ऋण करिब २.८४ प्रतिशत ब्याजदरको हुने सम्भावना छ।' मन्त्रिपरिषद्ले एआईआईबीसँग ऋण लिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवसमेत रहेका नेपालको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान