नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

“द न्यूयोर्क टाइम्स”को रिपोर्टबाट मानव अधिकारमा अमेरिकाको कप्टी र कुरूप रुप उदाङ्गियो

2019-12-06 19:04:06

ग्वान्टानामो बे थुनामा रहेका अपराधीहरूलाई अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी सीआईएका अधिकारीहरुले क्रूर र अमानवीय व्यवहार गरेको समाचार “द न्यूयोर्क टाइम्स”ले प्रकाशन गरेको छ। यस सम्बन्धमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले डिसेम्बर ६ तारिख उक्त समाचारबाट मानव अधिकार समस्यामा अमेरिकाको कप्टी र कुरुप रुप स्पष्ट देखिएको बताउनुभयो।

“द न्यूयोर्क टाइम्स”ले डिसेम्बर ५ तारिख ग्वान्टानामो बे थुनामा रहेका एकजना अपराधीले बनाएको चित्रकला सार्वजनिक गरेको छ। सो चित्रकलामा उनी थुनिएको बेलामा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका अधिकारीले क्रूर रुपमा व्यवहार गरेको अवस्थबा देखिएको छ। यसबारे प्रवक्ता ह्वाले सो समाचारमा उल्लेख गरिएको अवस्था र सिन्च्याङ समस्याबारे अमेरिकी सांसद तथा राजनीतिज्ञको भनाइ आपसमा विपरीत रहेको औँल्याउनुभयो।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान