तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

याङ सी नदीको डेल्टा क्षेत्रीय एकीकरण विकास योजना रुपरेखा

2019-12-06 16:57:06

चीनले हाल “याङ सी नदीको डेल्टा क्षेत्रीय एकीकरण विकास योजना रुपरेखा” सार्वजनिक गरेको छ। चीनका अधिकारीहरूले डिसेम्बर ६ तारिख पैचिङमा अन्तर्राष्ट्रिय मापदण्डसँग तुलना गरी गहिरो स्तरको बाह्य खुलापनलाई अगाडि बढाउन याङ सी नदीको डेल्टा क्षेत्रको उच्च गुणस्तरीय एकीकरण विकासको महत्वपूर्ण विषय रहेको बताएका छन्।

चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख लो वनले ६ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त योजना रुपरेखाले “एकीकरण” र “उच्च गुणस्तर”लाई दुबैटा मुख्य लक्ष्यको रुपमा राखेको कुरा बताउनुभयो।

शाङ्हाई नगरपालिका याङ सी नदी क्षेत्र डेल्टाको केन्द्रीय शहर हो। शाङ्हाई नगरपालिकाका उप मेयर छन यिनले शाङ्हाईले अन्तर्राष्ट्रिय अर्थतन्त्र, बैकिङ, व्यापार, जहाज ढुवानी, वैज्ञानिक तथा प्राविधिक सिर्जनशीलता गरी पाँच वटा केन्द्रको निर्माणलाई गति प्रदान गर्ने र याङ सी नदी डेल्टाको एकीकरण विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान