समय डिसेम्बर पाँच तारिख चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले सिउलमा दक्षिण कोरियाको विभिन्न क्षेत्रका मैत्रीपूर्ण व्यक्तिहरूसँग कुराकानी गर्दै चीनले विकासको उल्लेखनीय उपलब्धि हासिल गरेको औँल्याउनुभयो। चीनले विकासको सही बाटो खोजेको र यही सही बाटो चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चीनको विशेषतायुक्त समाजवाद बाटो रहेकाले यो बाटो चीनको राष्ट्रिय अवस्थासित अनुकूल हुनुका साथै युगको प्रवाहसित अनुलकू भएको उहाँले बताउनुभयो। चिनियाँ विकासको बाटोले वास्तविक रुपमा सफल भएको प्रमाणित भएको र ठूलो जीवन्त शक्ति देखिएको कुरा उहाँले उल्लेख गर्नुभयो।
परराष्ट्रमन्त्री वाङले जुनैसुकै मुलुकसँग आफ्नो विकासको अधिकार रहेको भन्दै चीनको राष्ट्रिय पुनरुउत्थान र इतिहासको आवश्यक नतिजा भएको स्पष्ट पार्नुभयो। उहाँले कुनै पनि व्यक्तिले चीनको विकासलाई रोक्न नसक्ने कुरामा जोड दिनुभयो। चीनको विकासको बाटो नै जनताको छनौट रहेको भन्दै यो अझै फराकिलो हुने उहाँले बताउनुभयो।