डिसेम्बर पाँच तारिख चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले सिउलमा दक्षिण कोरियाका विभिन्न क्षेत्रका मैत्रीपूर्ण व्यक्तिहरूसँग कुराकानी गर्दै चालु वर्ष जन गणतन्त्र चीनको स्थापनाको सत्तरीऔं वार्षिकोत्सव रहेको र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले छोटो समयमै पश्चिमी विकसित मुलुकहरूको एक सय वर्ष र अझै सयौं वर्षसम्मको विकास प्रक्रिया पूरा गरेको बताउनुभयो। यसका साथै वाङ यीले चीनले आफ्नो विकास गर्नुका साथै विश्वको विकासका लागि ठूलो योगदान पनि दिएको कुरामा जोड दिनुभयो।
वाङ यीले चीनले विश्वको आर्थिक बृद्धिका लागि दिएको योगदान दर धेरै वर्षदेखि ३० प्रतिशतभन्दा बढी भएको र चीन विश्वको आर्थिक बृद्धिको मुख्य इंजिन बनेको कुरा उहाँले बताउनुभयो। वाङ यीकाअनुसार, चीनका ८५ करोड व्यक्ति गरिबीबाट मुक्त भएका छन्। चीनले मानव प्रगतिको ठूलो चमत्कारको सिर्जना गरेको छ।