तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

वाङ छी शानद्वारा चीन-रुस मित्रता, शान्ति तथा विकास समितिको बाह्रौं पूर्ण बैठकमा सहभागी प्रतिनिधिहरूसँग भेटघाट

2019-12-05 18:49:59

चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानले डिसेम्बर पाँच तारिख पैचिङमा चीन-रुस मित्रता, शान्ति तथा विकास समितिको बाह्रौं पूर्ण बैठकमा सहभागी चीन र रुस यी दुबै पक्षका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा उपराष्ट्राध्यक्ष वाङ छी शानले चालु वर्ष चीन र रुसको दौत्य सम्बन्ध स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव रहेको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध इतिहासको सबैभन्दा राम्रो स्तरमा पुगेको बताउनुभयो। उक्त समिति दुई मुलुकको जन कुटनीतिको महत्वपूर्ण चौतारो हो भन्दै उक्त समितिले चीन र रुसको नयाँ युगको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण गर्नका लागि जग बसाल्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान