तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

रोजगारी अवस्थालाई स्थिर पार्ने विविध कदम

2019-12-05 16:56:11

चीनका प्रधानमन्त्री ली खछ्याङले डिसेम्बर ४ तारिख चिनियाँ राज्य परिषदको बैठकको अध्यक्षता गर्दै रोजगारी अवस्थालाई स्थिर पार्ने विविध कदम चाल्न बन्दोबस्त गर्नुभएको छ। लचिलो रोजगारीको ठूलो समर्थन गर्दै अपाङ्गता भएकाहरूको रोजगारीको प्रत्याभूति भत्ता अवस्थालाई सुधार्नुपर्ने आग्रह पनि प्रधानमन्त्री लीले गर्नुभएको छ। किसान मजदूरको तलबको प्रत्याभूति नियम(मसौदा) पारित भएर कानुनी तरिकाले तलब नपाउने समस्याको समाधान गर्ने कुरामा उहाँले जोड दिनुभएको छ।

रोजगारी नै जनजीवनको आधार हो र धनसम्पतिको श्रोत पनि हो। चीनले भित्री मागको सक्रिय विस्तार तथा बैदेशिक व्यापार बृद्धिबाट रोजगारी बढाउने आधारमा रोजगारी प्रबर्द्धन कदमलाई सुधार गर्ने कुरा पनि सो बैठकमा औँल्याइएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान