तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ मानव अधिकार विकास कोषद्वारा अमेरिकी कदमका विरुद्ध वक्तव्य

2019-12-05 15:11:26

चिनियाँ मानव अधिकार विकास कोषले अमेरिकी काँग्रेसको प्रतिनिधि सभाले पारित गरेको “युगुर मानव अधिकार नीतिसम्बन्धी कानुनी मस्यौदा”बारे वक्तव्य प्रकाशित गरेको छ। उक्त वक्तव्य यस प्रकार छः

स्थानीय समयबमोजिम डिसेम्बर तीन तारिख अमेरिकी काँग्रेसको प्रतिनिधि सभाले तथाकथित “युगुर मानव अधिकार नीतिसम्बन्धी कानुनी मस्यौदा” पारित गरेको छ। चिनियाँ मानव अधिकार विकास कोषले यसको कडा निन्दा र विरोध गरेको छ।

सिन्च्याङको मानव अधिकारको इतिहासमा विगत वर्षको महत्वपूर्ण अर्थ रहेको छ। हाल सिन्च्याङमा आर्थिक विकास, सामाजिक स्थिरता, जातीय एकता र जनताको सुखमय जीवन भएको राम्रो अवस्था देखिन्छ। सिन्च्याङको मानव अधिकार अवस्था अझै राम्रो भएको छ। अन्तर्राष्ट्रिय समाजले यसको सकारात्मक मूल्यांकन गरेको छ।

चिनियाँ मानव अधिकार विकास कोषले स्थिरताको संरक्षण गर्न र मानव अधिकारको प्रत्याभूति गर्नका लागि सिन्च्याङले चालेको कदम र गरेको प्रयासको समर्थन दिएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान