तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हाई नानद्वारा स्वतन्त्र व्यापार क्षेत्रको विकासलाई तीब्रता

2019-12-03 17:04:51

चीनको हाई नान प्रान्तले स्वतन्त्र व्यापार परीक्षण क्षेत्र र चीनको विशेष स्वतन्त्र व्यापार बन्दगाहको निर्माण कार्यलाई गति प्रदान गरिरहेको छ। दोस्रो हाई नान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हाल सान्या शहरमा आयोजना हुँदैछ। चिनियाँ तथा विदेशी चलचित्र क्षेत्रका व्यक्तिहरूको विचारमा चलचित्र महोत्सवले हाई नानलाई विश्वसँग वार्ता गर्ने राम्रो आँखी झ्यालको काम गरेको छ र चलचित्र महोत्सवले हाई नानको सांस्कृतिक आकर्षण शक्तिलाई उकासेको छ। हाई नानले स्वतन्त्र व्यापार परीक्षण क्षेत्र र अन्तर्राष्ट्रिय चलचित्र व्यवसायको विकासलाई अगाडि बढाउँदैछ।

चिनियाँ तथा विदेशी अतिथिहरूले हाई नानले विश्वको चलचित्र व्यवसायसँग जोड्ने र हाई नानको विशेषता रहने चलचित्र व्यवसायको विकास ढाँचाको अन्वेषण गर्नुपर्ने प्रस्ताव गरेका छन्।

विभिन्न मुलुकको चलचित्र क्षेत्रका व्यक्तिहरूले हाई नान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले एशिया प्रशान्तको सांस्कृतिक तथा कलात्मक आदान-प्रदानलाई निरन्तर अगाडि बढाएको बताएका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान