तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

मकाउ मातृभूमिमा फर्किएको बीसौं वार्षिकोत्सव गोष्ठी पैचिङमा

2019-12-03 16:31:32

“एक देश दुई व्यवस्था” चिनियाँ कम्युनिष्ट पार्टीले अंगिकार गरेको चीनको शान्ति तथा एकीकरण साकार तुल्याउने एक महत्वपूर्ण माध्यम हो। यो चीनको विशेषतायुक्त समाजवादको एक प्रभावशैली कदम पनि हो। मकाउ मातृभूमिमा समाहित भएको बीसौं वार्षिकोत्सवका उपलक्ष्यमा जन गणतन्त्र चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐनको कार्यान्वयन भएको बीसौं वार्षिकोत्सव मनाउने गोष्ठी डिसेम्बर तीन तारिख पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका अध्यक्ष ली चान शुले उक्त गोष्ठीलाई सम्बोधन गर्नुभएको छ।

ली चान शुले मकाउको आधारभूत ऐन सफलताका साथ कार्यान्वयन भएबाट “एक देश दुई व्यवस्था” इतिहासमा बाँकी रहेको मकाउ समस्याको समाधान गर्ने उत्तम उपाय रहेको र मकाउ मातृभूमिमा समाहित भएपछि दीर्घकालीन समृद्धि र स्थिरतालाई कायम राख्ने उत्तम व्यवस्था पुष्टि भएको कुरामा जोड दिनुभयो।

मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रमुख प्रशासक छ्वै श आनले उक्त गोष्ठीमा मकाउको “एक देश दुई व्यवस्था”लाई आधारभूत ऐनको लिगमा कार्यान्वयन गर्न प्रत्याभूति गर्नुपर्ने भन्दै “दुई वटा सय वर्ष”को लक्ष्यका लागि मकाउको योगदान दिनुपर्ने कुरा बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान