तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

म्याड्रिडमा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन २०१९

2019-12-03 14:49:31

“संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन प्रारुप सन्धि”मा हस्ताक्षर गर्ने पक्षहरुको २५ औँ सम्मेलन डिसेम्बर दुई तारिख स्पेनको राजधानी म्याड्रिडमा शुरु भएको छ। “पेरिस सम्झौता”को कार्यान्वयनमा बाँकी रहेको समस्याबारेको वार्ता यस पटकको सम्मेलनको मुख्य विषय हो। चीनको प्रतिनिधि मण्डलले हाल विभिन्न पक्षले जलवायु परिवर्तनको सामना गर्न तुरुन्तै कार्यान्वयन गर्नुपर्ने कुरा बताएको छ।

उक्त सम्मेलन शुरु हुनुअघि विश्व जलवायु संगठन र संयुक्त राष्ट्र संघीय वातावरण योजना कार्यालयलगायतका अन्तर्राष्ट्रिय संगठनहरूले प्रतिवेदन सार्वजनिक गरी जलवायु परिवर्तनको गम्भीर नतिजामा जोड दिएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले दुई तारिख उदघाटन समारोहमा जलवायु परिवर्तन जरुरी पाइला पुगेको कुरा बताउनुभयो।

चीनको प्रतिनिधि मण्डलका उप महासचिव एवं पर्यावरण तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु विभागका उप प्रमुख लु सिन मिनले हाल सबैभन्दा जरुरी कार्य विभिन्न पक्ष मिलेर जलवायु परिवर्तनको सामना गर्नका लागि कारवाही गर्नु रहेको कुरामा जोड दिनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान