नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँले कुनै पनि बाह्य धम्कीसमक्ष आत्मसमर्पण गर्दैन

2019-11-29 19:20:27

हाल अमेरिकाले तथाकथित हङकङ मानवअधिकार र प्रजातन्त्र बिधेयकलाई कानूनको रूपमा हस्ताक्षर गरेको छ जसले हङकङ हिंसात्मक अपराधीलाई सार्वजनिक रूपमा समर्थन गरी हङकङ मामिला र चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गरेर अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको भयंकर रूपमा विपरित गएको छ साथै हङकङलाई डामाडोल बनाउने र चीनको विकासलाई अवरूद्ध गर्ने अमेरिकाको खतरनाक लक्ष्य पनि स्पष्ट रूपमा देखिएको छ। तर यस पटक अमेरिकाले गलत विचार गरेको छ किनभने कुनै पनि धम्कीले हङकङ देशबन्धुलगायत १.४ अर्ब चिनियाँ डराउने छैन।

पाँच महिनायता हङकङमा ठूलो मात्रामा अवैधानिक हिंसात्मक गतिविधि चर्कँदैआएको छ र हङकङलाई अत्यन्तै जोखिम स्थितिमा ल्याएको छ। हङकङ हिंसात्मक गतिविधि र डामाडोल परिस्थितिलाई रोक्ने अवस्थामा अमेरिकाले तथाकथित हङकङ बिधेयकलाई कानूनको रूपमा हस्ताक्षेर गरी हिंस्रकलाई समर्थन दिएर हङकङको समृद्धि र स्थिरतालाई ध्वस्त बनाएको छ। यसको चिनियाँले कुनै पनि हालतमा स्वीकार गर्दैन।

लामो समययता अमेरिकाले हङकङ मामिलामा हस्तक्षेप गरिरहेको छ र चीन विरोधीसँग मिलेर हङकङलाई डामाडोल स्थितिमा ल्याउनेमार्फत फाइदा उठाउन खोजिरहेको छ। नयाँ चीन स्थापना भएलगत्तै चिनियाँ जनताले एकताबद्ध भएर पश्चिमी मुलुकको बन्द र अवरूद्धमाथि जीत हासिल गरेको थियो। हङकङ मातृभूमिमा फर्केयता केन्द्रिय सरकारको ठूलो समर्थनमा हङकङले एशिया वित्तीय संकटलगायत बाहिरि आघातलाई हटाएर दीर्घकालीन समृद्धि र स्थिरताको कायम राखेको छ। हाल केही अमेरिकीले तथाकथित हङकङ बिधेयकलाई कानूनको रूपमा हस्ताक्षर गरेमार्फत् चिनियाँलाई धम्की दिन खोजेको छ तर हङकङको संरक्षण गर्ने चिनियाँ जनताको दृढ अठोटलाई यसले कुनै असर पार्ने छैन साथै राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्ने चिनियाँको क्षमता र उपायलाई पनि कतै केही असर पार्न सक्ने छैन। तथाकथित बिधेयकबाट अमेरिकी खतरनाक लक्ष्य र प्रभूत्वबारे चिनियाँले अरू बुझ्नेछ र चिनियाँले अझ एकताबद्ध भएर बाहिरी धम्कीको सामना गर्नेछ।

हङकङ चीनको भूभाग हो भने हङकङ मामिलामा बाहिरी शक्तिले हस्तक्षेप गर्नुहुँदैन। हाल चीन पहिलेभन्दा चीन राष्ट्रको महा पुनःउत्थानको लक्ष्यसँग नजिक छ साथै बाहिरी जोखिम र चुनौतीको सामना गर्ने क्षमता पनि धेरै बढेको छ। अमेरिकाले तुरून्तै गलत बाटोलाई सुधारी हङकङ मामिला र चीनको आन्तरिक मामिलाको हस्तक्षेप रोक्न हाम्रो सुझाव छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान