नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनका लागि अमेरिकी राजदूतलाई चीनको परराष्ट्र मन्त्रालयद्वारा बोलावट

2019-11-28 18:58:56 CRI

चीनका उप-परराष्ट्रमन्त्री ल यु छङले २८ तारिख चीनका लागि अमेरिकी राजदूत टेरि ब्रान्स्टाडलाई बोलाएर हङकङ मानवअधिकार तथा प्रजातन्त्र विधेयक कानूनको रूपमा पारित भएकोबारे कडा चासो तथा विरोध व्यक्त गर्नुभएको छ।

उहाँले अमेरिकी तथाकथित हङकङ मानवअधिकार र प्रजातन्त्र विधेयक कानूनको रूपमा ल्याएर हङकङ मामिला र चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको गम्भीर रूपमा उल्लंघन गरिएको छ साथै चीन सरकार र जनताले उक्त प्रभुत्ववादी गतिविधिको कडा निन्दा र विरोध व्यक्त गरेको उल्लेख गर्नुभयो।

ल यु छङले हङकङ चीनको भूभाग हो, हङकङ मामिला चीनको आन्तरिक मामिला हो भने त्यसमा हस्तक्षेप गर्न कुनै पनि विदेशी सरकार र दललाई नदिने भन्दै गल्तीलाई सुधारेर उक्त विधेयकलाई कार्यान्वयनमा ल्याउन नदिई दुई देश सम्बन्धलाई नबिगार्न पनि चीनले अमेरिकालाई ताकिता गरेको दोहोर्याउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान