नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

व्यापक गहन सुधार,केन्द्रिय समितिको बैठकलाई सी चिनफिङद्वारा अध्यक्षता

2019-11-27 15:08:01

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष, व्यापक गहन सुधार, केन्द्रिय समितिका प्रमुख सी चिनफिङले नोभेम्बर छब्बीस तारिख व्यापक गहन सुधार, केन्द्रिय समितिको एघारौँ बैठकलाई अध्यक्षता गर्नका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सीले चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको चौथो पूर्ण सम्मेलनले १८औँ केन्द्रिय समितिको तेस्रो पूर्ण सम्मेलन भएयता व्यापक गहन सुधार सम्बन्धी सैद्धान्तिक, प्रणालीमूलक र व्यवहारिक उपलब्धि एकीकृत गर्नुका साथै नयाँ युगमा गहन सुधारको लागि अझ स्पष्ट डिजाइन कोरेको व्यक्त गर्नुभयो।

चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीमा अडिग रही सुधार गर्ने र राष्ट्रिय शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरण गर्ने आधारमा प्रणाली निर्माणलाई प्रमुख कार्यमा राखेर सुधारलाई अरू गहन व्यापक पार्नुपर्ने पनि सीले दोहोर्याउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान