नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हङकङ समस्याबारे चीनको परराष्ट्रद्वारा अमेरिकी राजदूतलाई बोलावट

2019-11-26 16:46:10 CRI

हालै अमेरिकी कांग्रेसले “हङकङ मानव अधिकार र लोकतन्त्र ऐन” पारित गरेको छ। सो बारे चीनका उप परराष्ट्र मन्त्री चङ च क्वाङले २५ तारिखका दिन चीनका लागि अमेरिकी राजदूत टेरि ब्रान्स्टाडलाई बोलाएर कुराकानी गर्नुभएको छ। उहाँले हङकङ समस्याबारे अमेरिकाको कडा विरोध गर्नुका साथै हङकङ मामिला, चीनको आन्तरिक मामिला भएकाले अमेरिकाले हस्तक्षेप नगर्न आग्रह गर्नुभयो।

उप पररष्ट्र मन्त्री चङले हङकङ चीनको भूभाग हुनुका साथै यो चीनको आन्तरिक मामिला भएकाले कुनै पनि देशले यस मामिलामा हस्तक्षेप गर्ने अधिकार नरहेको बताउनुभयो। उहाँले अमेरिकी कांग्रेसले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तको गम्भीर उल्लंघन भएको बताउनुभयो।

चीन राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्न दृढ संकल्पित रहेको बताउँदै उहाँले हङकङ मामिलामा हस्तक्षेप गर्ने कुनै पनि विदेशी शक्तिहरूको विरोध गरिने पनि दोहोर्याउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान