नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनले विदेशी बौद्धिक सम्पदा अधिकारहरूको सम्मान र संरक्षण गर्ने

2019-11-26 16:45:36 CRI

हालै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय प्रशासनिक र राज्य परिषद प्रशासनले ”बौद्धिक सम्पत्ति संरक्षणको सुदृढीकरण सुझाव” सार्वजनिक गरेको छ। चिनियाँ राष्ट्रिय बौद्धिक सम्पदा अधिकार व्यूरोका सम्बन्धित अधिकारीले पैचिङमा चीनद्वारा विदेशी बौद्धिक सम्पदा अधिकारहरूको सम्मान र संरक्षण गर्ने र विदेशी सरकारहरूले चिनियाँ बौद्धिक सम्पदाको सुरक्षा गर्नसक्ने बताए।

चीनले बौद्धिक सम्पत्ति सम्बन्धी लगभग सबै ठूला अन्तर्राष्ट्रिय सन्धि अनुमोदन गरेको छ भने विश्वका ६० भन्दा बढी मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनसँग बहुपक्षीय र द्बिपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ। लगभग ५० भन्दा बढी विश्व बौद्धिक सम्पदा अधिकार संगठनका सदस्य मुलुकसँग औपचारिक सहयोग सम्बन्ध निर्माण गरेको पनि जनाइएको छ।

”बौद्धिक सम्पत्ति संरक्षणको सुदृढीकरण सुझाव”मा अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्न, घरेलु र विदेशी अधिकारवादीहरूसँगको आदान-प्रदानलाई बढाउने, विदेशी अधिकार संरक्षण सहायता सेवाहरुलाई सुदृढ बनाउने जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान