नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकी लैङ्गिक भेदभावप्रति चिनियाँ मानवअधिकार अनुसन्धान संघको निन्दा

2019-11-26 16:44:59 CRI

चिनियाँ मानवअधिकार अनुसन्धान संघले छब्बीस तारिख “दीर्घकालदेखि अमेरिकामा देखिएको लैङ्गिक भेदभाव समस्याबाट महिलाको मानव अधिकार साकार पार्नका लागि गम्भीर बाधा ल्याइएको” विषयक लेख प्रकाशित गरेको छ। लेखमा हालसम्म अमेरिकाले संयुक्त राष्ट्र संघको केन्द्रिय मानव अधिकार सन्धिको रूपमा रहेको महिलामाथि कुनै पनि प्रकारका भेदभाव निरूपण सन्धि पारित नगरेको पर्दाफास भएको छ। अमेरिकामा देखिने लैङ्गिक भेदभाव समस्या पनि दिनदिनै गम्भीर हुँदैआएको छ र महिलाको मानवअधिकार साकार हुनमा गम्भीर रूपमा बाधा ल्याएको पनि लेखमा लेखिएको छ।

लेखले लैङ्गिक भेदभाव नै अमेरिकी समाजमा देखिने गम्भीर समस्या हो भन्दै अमेरिकी महिलामाथि दीर्घकालीन, व्यवस्थित, व्यापक, संस्थागत भेदभाव रहिरहेको उल्लेख गरेको छ। लेखका अनुसार, अमेरिकामा विभिन्न खालका सार्वजनिक तथा गोप्य लैङ्गिक भेदभाव धेरै देखिन्छ भने मुख्यतः आर्थिक क्षेत्रको लैङ्गिक असमानता देखिन्छ, महिलालाई हिंसामा धकेल्ने अवस्था गम्भीर छ, अल्पसंख्यक जातीय महिलाको स्वास्थ्य अधिकारको संरक्षणको अभाव छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान