नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकी हङकङ मानवअधिकार विधेयकमाथि याङ च्ये छको निन्दा

2019-11-26 16:44:04 CRI

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य एवम् केन्द्रिय वैदेशिक मामिला कार्य समिति कार्यालयका प्रमुख याङ च्ये छले हाल अमेरिकी काँग्रेसबाट सन् २०१९ हङकङ मानवअधिकार र प्रजातन्त्र विधेयकको पारित भएकोबारे चीनले कडा विरोध र निन्दा गरेको व्यक्त गर्नुभएको छ।

सिन्ह्वा समाचार समितिका पत्रकारसँग कुराकानी गर्दै याङ च्ये छले अमेरिकी काँग्रेसले चीनको विभिन्न कुराकानी र विरोधको वेवास्ता गरी तथाकथित सन् २०१९ हङकङ मानवअधिकार र प्रजातन्त्र विधेयक पारित गरेर चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गरेको र अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको गम्भीर रूपमा उल्लंघन गरेकोमा चीनले कडा विरोध र निन्दा व्यक्त गरी अमेरिकासमक्ष आफ्नो अडान स्पष्ट रूपमा देखाएको उल्लेख गर्नुभयो।

हङकङ मामिलामार्फत चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको विकासमा बाधा हाल्ने अमेरिकाको कुनै पनि लक्ष्य पूरा हुँदैन र मातृभूमिको बलियो समर्थनमा हङकङमा पक्कै दीर्घकालीन स्थिरता र समृद्धि हुने पनि याङले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान