नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनको राज्य परिषदको हङकङ मकाउ संयुक्त कार्यालय तथा चिनियाँ केन्द्रिय सरकारअन्तर्गत हङकङ कार्यालयद्वारा अमेरिकाले “सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव”पारित गरेकोमा कडा निन्दा

2019-11-21 10:42:33 CRI

चीनको राज्य परिषदको हङकङ मकाउ संयुक्त कार्यालय तथा चिनियाँ केन्द्रिय सरकारअन्तर्गत हङकङ कार्यालयले अमेरिकाले “सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव”पारित गरेकोमा कडा निन्दा गरेको छ। ती कार्यालयले २० तारिख एउटा वक्तव्य प्रकाशित गरी“सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव पारित गरेकोमा कडा निन्दा गरेका हुन्।

वक्तव्यमा हङकङमा जारी हिँसात्मक अवैध गतिविधिले गम्भीर मानवीय तथा भौतिक क्षति पुग्नुका साथै कानूनी शासन र सामाजिक परिपाटीलाई कुल्चिएर गम्भीर रुपमा हङकङको समृद्धि तथा स्थिरतामा धक्का लागेको जनाइएको छ। साथै “एक मुलुक दुई व्यवस्था”माथि पनि कडा चुनौती दिइएको वक्तव्यमा उल्लेख छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान