नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकी कांग्रेस सिनेटको कर्तुतप्रति चीनको प्रतिक्रिया

2019-11-21 10:01:02 CRI

अमेरिकी सिनेटले तथाकथित "सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव" पारित गरेकोमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा चाउ सुले बीस तारिख चीनका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत ख य्वो वीसँग सम्पर्क गर्दै कडा विरोध गर्नुभएको छ।

उहाँका अनुसार हङकङ चीनको हो भने हङकङ मामिला चीनको आन्तरिक मामिला हो। कुनै पनि विदेशी सरकार वा शक्तिले हङकङ मामिलामाथि हस्तक्षेप गर्न सक्दैन। चीनले अमेरिकाद्वारा तुरुन्तै प्रभावकारी कदमले उक्त कानूनी प्रस्ताव रद्द गर्न ताकिता गरेको छ। अन्यथा चीनले शक्तिशाली कदम चाल्ने र त्यसको सबै नतिजा अमेरिकाले वहन गर्नुपर्ने चेतावनी पनि चीनले दिएको छ।

सोही दिन हङकङका लागि चिनियाँ परराष्ट्र मन्त्रालय कार्यालयका जिम्मेवार व्यक्तिले पनि यदि अमेरिकाले निरन्तर रुपमा उक्त कर्तुत गर्दै गएमा चीनले शक्तिशाली प्रतिक्रियात्मक कदम लागू गर्ने चेतावनी दिएका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान