नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकी सिनेटको कर्तुतप्रति हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको अफसोस

2019-11-21 10:00:32 CRI

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले हिजो बीस तारिख अमेरिकी सिनेटद्वारा तथाकथित "सन् २०१९ हङकङको मानव अधिकार तथा प्रजातन्त्र सम्बन्धी कानुनी प्रस्ताव" पारित गरिएकोमा गम्भीर अफसोस लागेको जनाएको छ।

हङकङ सरकारका प्रवक्ताका अनुसार अमेरिकी सिनेटको उक्त कर्तुत पूर्णतया निराधार रहेको र हङकङ क्षेत्र र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध र हितलाई अझ ध्वस्त पार्नेछ। विदेशी मुलुकका कांग्रेसले कुनै पनि माध्यमद्वारा हङकङ विशेष प्रशानसिक क्षेत्रको मामिलामाथि हस्तक्षेप गर्न सक्दैन।

“एक देश दुई व्यवस्था”नै हङकङको दीर्घकालीन समृद्धि र स्थिरता,वासिन्दाको सुखमय जीवन कायम राख्दै जाने सबैभन्दा उचित बन्दोबस्त हो। हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारले निरन्तर रुपमा उक्त नीतिलाई द्दढतापूर्वक कायम राख्दै जानेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान