नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

न्यूयोर्क टाइम्समा सिन्च्याङ सम्बन्धि नक्कली विषयको विरोध

2019-11-19 10:12:44 CRI

अमेरिकी पत्रिका 'न्यूयोर्क टाइम्स' मा नोभेम्बर १६ तारिख प्रकाशित लेखमा तथाकथित भित्री दस्तावेज पाएको र चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा आतंकवाद विरोधी तथा उग्रवादी गतिविधि हटाइने कार्यमा हिलो छ्यापेको छ। यसबारे जवाफ दिँदै सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय सरकारको प्रेस प्रवक्ताले एक वक्तव्य प्रकाशित गर्दै त्यसको विरोध व्यक्त गरेका छन्।

सिन्च्याङ युगुर स्वायत्त प्रदेश चीनमा आतंकवाद तथा उग्रवाद विरोधी मुख्य युद्धस्थल हो र सन् १९९०-२०१६ को अन्तसम्म सिन्च्याङमा भएका हजारौं हिंसात्मक आतंककारी घटनाहरूमा परी प्रशस्त सर्वसाधारण हताहत भएको साथै धनसम्पतिको क्षति पनि भएको छ। यस्तो गम्भीर परिस्थितिमा सिन्च्याङमा हिंसात्मक तथा आतंककारी अपराधलाई कानून बमोजिम प्रहार गर्नुका साथै अपराधको स्रोतमा ध्यान दिएको छ। यस्तो कदमहरू चीनको कानून लगायत अन्तर्राष्ट्रिय समाजमा प्रचलित विचारसँग पनि अनुकूल छ। सिन्च्याङमा ३५ महिनासम्म हिंसात्मक आतंककारी घटना देखा परेको छैन। सिन्च्याङमा आतंकवाद विरोध तथा स्थिरताको संरक्षण सम्बन्धि कदमहरू र त्यसका प्रभावबारेमा चीन सरकारले विभिन्न तरिकाबाट अन्तर्राष्ट्रिय समाजमा यथेष्ठ जानकारी दिइरहेको छ। सन् २०१८ को अन्तदेखि यता, ७० वटा मुलुक तथा क्षेत्रका पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संगठनहरू, संचारमाध्यम, धार्मिक समूहहरू, विद्वान तथा विशेषज्ञहरू लगायत एक हजारभन्दा बढी व्यक्तित्वले सिन्च्याङको भ्रमण गरेपछि त्यहाँको आतंकवाद तथा उग्रवाद विरोध कार्य तथा अनुभवको प्रशंसा गरेका छन्।

न्यूयोर्क टाइम्समा छापिएको 'चुहिएको दस्तावेजबाट ठूलो संख्यामा मुसलमान पक्राउ तथा कैद चीनले कसरी गरेको' भन्ने लेख आधारहिन छ। विश्वास संकटमा परेको न्यूयोर्क टाइम्सले बनाएको सिन्च्याङ सम्बन्धि नक्कली समाचारको फेरि एक पटक अन्तर्राष्ट्रिय समाजले निन्दा गर्नेमा कुनै शंका छैन।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान