नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हङकङ मामिलामा बाह्य शक्तिको हस्तक्षेप विफल हुने

2019-11-19 09:38:46 CRI

हङकङका विभिन्न क्षेत्रहरूले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनबारे चर्चा गर्दै बाह्य शक्तिद्वारा हङकङ मामिलामा गरिएको हस्तक्षेपकारी कारवाही विफल हुने ठहर व्यक्त गरेका छन्।

चीनको राष्ट्रिय जन काँग्रेस हङकङका प्रतिनिधि छाइ यीले राष्ट्राध्यक्ष सीको सम्बोधनबारे चर्चा गर्दै भन्नुभयोः ब्राजिलमा राष्ट्राध्यक्ष सीले हङकङ परिस्थितिबारे केन्द्रीय सरकारको कडा अडान जनाउनुभएबाट एकातिर केन्द्रीय सरकारले हङकङमा ध्यान दिइरहेको पाइन्छ भने अर्कातिर हङकङमा भइरहेको हिंसात्मक गतिविधि र डाँवाडोल परिस्थितिलाई रोक्न सबैभन्दा ठूलो आवाज उठाइएको छ। व्यापक हङकङबासीहरूले महान मातृभूमि हङकङको बलियो समर्थन हो भन्ने महसुस पाएका छन् र जुनसुकै शक्तिले हङकङलाई खतम पार्ननसक्ने विश्वास पनि हङकङबासीहरूले गरेका छन्।

हङकङ तथा मुख्य भूमि आर्थिक व्यापारिक संघका अध्यक्ष ह्वाङ पीनफङले सीको सम्बोधनबारे आफ्नो विचार व्यक्त गर्दै भन्नुभयोः राष्ट्राध्यक्ष सीको सम्बोधनबाट हङकङको समृद्धि, स्थिरता तथा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको अटलताका साथ संरक्षण गरिरहेको र हङकङ मामिलामाथि विदेशी शक्तिको हस्तक्षेपको दृढताका साथ विरोध गरिरहेको चीनको अडानलाई स्पष्टसँग प्रष्ट्याइएको छ।

हङकङ ह्वाता सेक्यूरिटीज कम्पनीका प्रथम समष्टि अर्थशास्त्रविद याङ युछ्वानले सीको सम्बोधनबारे चर्चा गर्दै भन्नुभयोः राष्ट्राध्यक्ष सीको सम्बोधन निकै महत्वपूर्ण छ। हिंसात्मक गतिविधि तथा डाँवाडोल परिस्थितिलाई चाँडै बन्द गरेमा हङकङ बजारप्रति लगानीकर्ताको विश्वासलाई बढाइदिने छ र हङकङको अर्थतन्त्र अझ गहिरो मन्दीमा पर्नेबाट जोगाइने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान