नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अनुशासनको पुनर्स्थापना नै वर्तमान हङकङको सबैभन्दा जरूरी कार्य भएको चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

2019-11-15 18:36:18 CRI

स्थानीय समय अनुसार नोभेम्बर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रासिलियामा आयोजित ब्रिक्स मुलुकका नेतागणबीचको ११औं वार्तामा बोल्दै हङकङको वर्तमान परिस्थिति सम्बन्धि चीन सरकारको अडान स्पष्ट पार्नुभएको छ।

हङकङमा चलिरहेको उग्र हिंसात्मक आपराधिक गतिविधिहरूबाट कानूनी शासन तथा सामाजिक अनुशासनमा गम्भीर क्षति पुगेको साथै हङकङको समृद्धि तथा स्थिरतालाई पनि गम्भीरतातर्फ धकेलेको बताउँदै उहाँले एक देश दुई व्यवस्था भन्ने सिद्धान्तको रेखा उल्लंघन गरेको चुनौती दिएको औंल्याउनुभयो। विद्रोह तथा हिँसा बन्द गर्दै सामान्य अनुशासनको पुनर्स्थापना गर्नु नै वर्तमान हङकङको सबैभन्दा जरूरी कार्य भएको पनि सीले बताउनुभयो। हङकङका मुख्य प्रशासकको नेतृत्वमा विशेष प्रशासनिक सरकारले कानून बमोजिम शासन गर्न, हङकङ प्रहरीले कानून बमोजिम कार्य गर्न तथा हङकङका कानूनी संस्थाले कानून बमोजिम अपराधीलाई सजाय दिन केन्द्रिय सरकारले दृढताका साथ समर्थन दिँदै जाने कुरामा पनि सीले जोड दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान