नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

ब्रिक्स मुलुक नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्धबारेमा चीनका राष्ट्राध्यक्ष सीको सम्बोधन

2019-11-15 17:27:27 CRI

स्थानीय समय अनुसार, नोभेम्बर १४ तारिख ब्रिक्स मुलुकका नेतागणको ११ औं वार्ता ब्राजिलको राजधानी ब्रासिलियामा आयोजित भएको छ। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले सो वार्ताको अध्यक्षता गर्नुभएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला रामाफोसाले पनि सो वार्तामा भाग लिनुभएको छ। ती ५ मुलुकका नेतागणले 'आर्थिक वृद्धिबाट नविन भविष्यको सिर्जना' भन्ने मुख्य विषयसूचीको आधारमा ब्रिक्स मुलुकबीचको सहयोग तथा साझा अभिरूचि भएका महत्वपूर्ण अन्तर्राष्ट्रिय समस्याबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्दै व्यापक रूपमा मतैक्यता हासिल गर्नुभएको छ।

''हातमा हात मिलाएर सहयोगको नयाँ अध्याय खोलौं”शीर्षकको सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुकहरू जिम्मेवार भएर बहुपक्षीयतावादको कार्यान्वयन गर्दै शान्ति, स्थिर तथा सुरक्षित वातावरण सिर्जना गर्ने कुरामा जोड दिनुभएको छ। सुधार तथा नवीन युगको मौका छोपेर ब्रिक्स मुलुकको नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्धलाई गहन रूपमा अघि बढाउनुपर्ने विचार पनि उहाँले गर्नुभएको छ। एक अर्काबाट सिक्दै मानवीय आदानप्रदानको गहनता र परिधिलाई विस्तार गर्नुपर्ने ठहर पनि उहाँले गर्नुभएको छ। चीनले खुलापनलाई विस्तार गर्दै उच्च गुणस्तरीय बीआरआईको संयुक्त निर्माण गरेर एशिया प्रशान्त क्षेत्रको संयुक्त भाग्य समुदाय तथा मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणलाई अघि बढाउनेबारे पनि सीले प्रकाश पार्नुभएको छ।

सो वार्तामा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला रामाफोसाले सम्बोधन गर्दै वर्तमान परिस्थितिमा संरक्षणवाद तथा एकपक्षीयतावाद भन्ने अस्थायी कारक तत्व बढ्दै गएकोले विभिन्न मुलुकको सार्वभौमिकता तथा सुरक्षामाथि धम्की दिइरहेको पृष्ठभूमिमा ब्रिक्स मुलुकहरूले आपसी रणनीतिक सहयोगको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय कानून आधारित अन्तर्राष्ट्रिय परिपाटीको संरक्षण गर्नुपर्ने ठहर गर्नुभएको छ। साथै निष्पक्ष, पारदर्शी तथा खुला बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्दै नव उदीयमान बजारमूलक मुलुकहरू तथा विकासोन्मुख मुलुकको साझा हितको रक्षा गर्नुपर्ने पुष्टि पनि उहाँहरूले गर्नुभएको छ।

सहभागी ५ मुलुकका नेतागणले ब्रिक्स सहयोगात्मक प्रणालीको प्रवर्द्धन गर्दै साझा विकास तथा समृद्धि कार्यान्वयनमा सहमति पनि जनाउनुभएको छ। सो वार्तापछि 'ब्रिक्स मुलुक नेतागण बीचको ११ औं वार्ता ब्रासिलिया घोषणा-पत्र' सार्वजनिक गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान