तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

फङ ली युआनद्वारा बेनाकी सङ्ग्रहालयको अवलोकन

2019-11-12 10:17:58 CRI

    राष्ट्राध्यक्ष सी चिनफिङकी धर्मपत्नी फङ ली युआनले नोभेम्बर ११ तारिख बिहान ग्रीसका राष्ट्रपतिकी धर्मपत्नीका साथमा ग्रीस शहरको केन्द्रमा अवस्थित बेनाकी सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ।

    श्रीमती फङ ली युआनले गहिरो चासो बोकेर सङ्ग्रहालयको इतिहास र सँरक्षित वस्तुको परिचय सुन्नुका साथै ध्यान दिएर प्राचीन ग्रीसका मूर्ति, चित्र र लुगाफाटा आदि कलात्मक वस्तुको अवलोकन गर्नुभयो।

    फङ ली युआनका अनुसार, चीन र ग्रीस दुवै प्राचीन सभ्यताका मुलुक भएको र यी दुई देशले गहिरो र विशेषतायुक्त सभ्यताको सिर्जना गर्नुका साथै दुवै पक्षले राम्रोसँग सांस्कृतिक सम्पदाको उत्तराधिकारीको भूमिका निभाउँदै आएको छ। सङ्ग्रहालय बीचको सहकार्यलाई मजबुत पारी दुवै देश बीचको बौद्धिक आदान-प्रदान र आपसी सांस्कृतिक संवार्तालाई पनि अघि बढाउनका लागि अझ ठूलो भूमिका निर्वाह गर्दै जाने पनि फङ ली युआनले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान