नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

राष्ट्राध्यक्ष सी र ब्राजिलका राष्ट्रपतिबीच भेट-वार्ता

2019-10-26 15:15:19

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २५ तारिख जनबृहत सभाभवनमा ब्राजिलका राष्ट्रपति चाइर बोल्सोनारोसँग भेट-वार्ता गर्नुभएको छ।

वार्तामा राष्ट्राध्यक्ष सीले राष्ट्रपति चाइरको पहिलो चीन भ्रमणको स्वागत गर्नुभयो। चीन-ब्राजिल दौत्य सम्बन्ध स्थापित भएको ४५ वर्षयता दुवै पक्षले आपसी सम्मान र साझा हितको ख्याल गर्दै ठूला विकासोन्मुख मुलुकबीचको सहयोग तथा संयुक्त विकासको नमूना बनेको राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभयो। देश विकासको निर्णायक घडीमा चीन र ब्राजिलले आपसी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको नयाँ आकांक्षा सिर्जना गरेर विश्व तथा क्षेत्रीय शान्ति, स्थिरता एवम् समृद्धि संरक्षणको लागि साकारात्मक शक्ति थप्दै जानेमा पनि राष्ट्राध्यक्ष सीले जोड गर्नुभएको छ।

सो अवसरमा ब्राजिलका राष्ट्रपति चाइर बोल्सोनारोले चीनले विकासको भव्य उपलब्धि हासिल गरेको बताउँदै गुणस्तर तथा परिधिको दृष्टिकोणबाट पारस्परिक सम्बन्धलाई उकास्ने आशा व्यक्त गर्नुभएको छ।

वार्तापछि दुई पक्ष बीच बहु सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।

ब्राजिलका राष्ट्रपति चाइरको भ्रमणमा दुवै पक्षले संयुक्त विज्ञप्ति पनि सार्वजनिक गरेका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान