नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलनलाई सी चिनफिङको शुभकामना सन्देश

2019-10-26 14:52:07

सन् २०१९ चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन २६ तारिखदेखि क्वाङचौ शहरमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बैठकलाई शुभकामना सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, हाल अर्थतन्त्रको विश्वव्यापीकरणमा केही कठिनाइ देखिए तापनि प्रवृत्ति परिवर्तन नभइरहन सक्दैन। दिन प्रतिदिन विभिन्न देशको हित अझ मिल्नुका साथै अझ सुन्दर जीवन निर्माण नै विभिन्न देशका जनताको साझा प्रतीक्षा हो। चीन अर्थतन्त्रको विश्वव्यापीकरणको लाभार्थी हुनुका साथै योगदानकर्ता पनि हो। चीनले दृढताका साथ शान्तिपूर्ण विकासको बाटोमा हिंड्नुका साथै आपसी हित, विजययुक्त तथा खुला रणनीतिको पालना गरी विश्व अर्थतन्त्रको विकासका लागि शक्ति थप्नेछ।

चीनसम्बन्धी बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन हालसम्म तीनपटक आयोजित भइसकेको छ। चालू वर्ष विश्वमा लगभग तीसजना प्रसिद्ध राजनीतिज्ञ, रणनीतिकार, विद्वान र व्यवसायीहरू उक्त सम्मेलनमा सहभागी भएका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान