नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

विश्व युवा वैज्ञानिक शिखर सम्मेलन२०१९का लागि सी चिन फिङको शुभकामना सन्देश

2019-10-26 13:58:06

अक्टोबर २६ तारिख विश्व युवा वैज्ञानिक शिखर सम्मेलन२०१९ च च्याङ प्रान्तीय उन चौ शहरमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त शिखर सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सीले वैज्ञानिक तथा प्राविधिक भविश्य युवामा निर्भर हुन्छ भन्दै वैज्ञानिक तथा प्राविधिक आदान-प्रदान गर्नु र युवाको सिर्जनशीलता सहयोगलाई अगाडि बढाउनु विभिन्न मुलुकको साझा इच्छा भएको बताउनुभयो। उक्त शिखर सम्मेलनमा सहभागी अतिथिहरूले वैचारिक आदान-प्रदान गर्ने, एक अर्काबाट सिक्ने, मित्रतालाई सुदृढ पार्ने, सहयोगलाई घनिष्ठ पार्ने आशा सीले व्यक्त गर्नुभयो।

विश्व युवा वैज्ञानिक शिखर सम्मेलन२०१९ चिनियाँ विज्ञान तथा प्रविधि संघ र च च्याङ प्रान्तको जन सरकारद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो, अक्टोबर २६ तारिखदेखि २७ तारिखसम्म उन चौ शहरमा आयोजना भैरहेको छ। नोबेल पुरस्कार विजेता, विदेशी विद्वान, प्रसिद्ध युवा वैज्ञानिकका प्रतिनिधि, अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थानका जिम्मेवार लगायत आठ सय जना उक्त शिखर सम्मेलनमा सहभागी भए।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान