नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ मानव अधिकारका विद्वान र विशेषज्ञबाट संयुक्त राष्ट्र संघमा गोष्ठी

2019-10-25 15:35:48

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि मण्डल र चिनियाँ मानव अधिकार अनुसन्धानले न्यू योर्कथित राष्ट्र संघीय मुख्यालयमा गोष्ठीको आयोजना गरेको छ। सो अवसरमा चिनियाँ मानव अधिकार अनुसन्धान र चिनियाँ अन्तर्राष्ट्रिय आदान-प्रदानको प्रवर्द्धन संघका विद्वान तथा विशेषज्ञहरूले विभिन्न देशका प्रतिनिधिहरूसँगै युगुर स्वायत्त प्रदेशमा आतंकवादको विरोध गर्ने र उग्रवाद हटाउने कदम, तिब्बती बौद्ध धर्ममा अवतरी बुद्धको पूनर्जन्म, हंगकंगमा नियमको संशोधन आदि विषयबारे वैचारिक आदान-प्रदान गरेका छन्। संयुक्त राष्ट्र संघस्थित पाकिस्तान, क्युबा, भेनेजुएला, उत्तर कोरिया, बेलारूस, निकारागुआ, साउदी अरब लगायत देशका अधिकारीहरू उक्त गोष्ठीमा सहभागी भएका छन्।

उक्त गोष्ठीमार्फत् युगुर, तिब्बत र हंगकंगसम्न्धी विषयबारे अझ गहिरो जानकारी पाउनुका साथै केही पश्चिमा सञ्चार माध्यमको जानकारीसँग पूर्ण रूपमा फरक भएको विचार अधिकारीहरूले व्यक्त गरेका छन्। उनीहरूको विचारमा आतंकवाद पूरै मानवजातिको साझा सत्रु हो। युगुर स्वायत्त प्रदेशमा आतंकवादको विरोध गर्ने र उग्रवाद हटाउने कार्य ज्यादै उचित र आवश्यक छ। हंगकंगमा भएको हिंसा निकै भयंकर भएर छिटै नियन्त्रण भई पुनर्स्थापना गर्ने आशा उनीहरूले गरेका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान