विश्व बैंकबाट प्रकाशित विश्वव्यापी व्यापार वातावरण प्रतिवेदन २०२० ले चिनियाँ व्यापार वातावरण फेरि उकासेकोमा चीनले स्वागत गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अक्टोबर २४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता ह्वाका अनुसार, चीनले सुधारलाई गहन पार्ने र खुलापनलाई विस्तार पार्ने र व्यापार वातावरणलाई श्रेष्ठ पार्ने धारणा गम्भीर भएको पुष्टि गरिएको छ। जसबाट हासिल उपलब्धि र प्रगति स्पष्ट भएको देखिन्छ। यो नतिजाले चीनको सुधार तथा खुलापन र आर्थिक भविष्यबारे विश्वास मतदान गरेको छ। अझ बढी विदेशी व्यवसाय चीनमा लगानी र व्यापार गर्न स्वागत गरेको उहाँले व्यक्त गर्नुभयो।
विश्व बैंकले अक्टोबर २४ तारिख विश्वव्यापी व्यापार वातावरणको प्रतिवेदन २०२० प्रकाशन गरेको छ। प्रतिवेदनका अनुसार, गत वर्ष चिनियाँ व्यापार वातावरण पहिलाको ९७ औँ स्थानबाट ६५ औँ स्थानसम्म उकासेपछि चालु वर्ष फेरि उकासेर ३१ औँ स्थानमा पुगेकोछ।