पहिलो दिगो विकास मञ्च अक्टोबर २४ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त मञ्चलाई शुभकामना सन्देश गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले सिर्जनशीलता, समन्वय, हरित, खुला, संयुक्त रुपमा साझेदार विकास धारणा चीनले पालिरहेको भन्दै चीनको अर्थतन्त्रको उच्च गुण्स्तरको विकासलाई अगाडि बढाइरहेको र दिगो विकास विषय२०१३लाई चौतर्फी र गहिरो रुपमा व्यवहारमा उतारिरहेको आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ। चीनले दक्षिण दक्षिण सहयोगलाई सक्रियताका साथ सबल पारेको, “बेल्ट एण्ड रोड”को साझा निर्माण र दिगो विकास विषय २०१३ गहिरो रुपमा जोड्न अगाडि बढाएको र विश्वको दिगो विकास लक्ष्यका लागि सकारात्मक योगदान दिएको कुरामा सीले आफ्नो सन्देशमा जोड दिनुभयो।
पहिलो दिगो विकास मञ्च चीनको राज्य परिषदको विकास अध्ययन केन्द्र, पैचिङ नगरपालिकाको सरकार र संयुक्त राष्ट्र संघको सम्बन्धित संस्थाद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो।