अन्तर्राष्ट्रिय विद्युतीय आयोग अर्थात् आईयीसीको ८३औँ बैठकको उद्धादन समारोह अक्टोबर २१ तारिख शाङहाईमा भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त बैठकलाई शुभकामना सन्देश पठाउनुभएको छ।
राष्ट्राध्यक्ष सीका अनुसार, वर्तमान हरित, कम कार्बन तथा चक्र विकास मानवजातिको साझा लक्ष्य हो। कृत्रिम बुद्धिमत्ता, ठूलो डाटा, फाइभ जी लगायत नयाँ प्रविधि र नयाँ उर्जाद्वारा विद्युतको उत्पादन, बिजुली वाहन आदिसँग गहिरो रूपमा मिल्नका लागि सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्डको तर्जुमा र कार्यान्वयन चाहनुका साथै मापदण्डसम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्नुपर्छ।
चीनले मानवीय कार्यमाथि उच्च महत्व दिनुका साथै अन्तर्राष्ट्रिय मापदण्डको कार्यान्वयनलाई सक्रिय रूपमा बढाएको सीले प्रकट गर्नुभयो। चीनले अन्तर्राष्ट्रिय मानवीय कार्यक्रमलाई निरन्तर समर्थन गर्नुका साथै भाग लिनेछ।
सन् 1906 मा स्थापित अन्तर्राष्ट्रिय विद्युतीय आयोग विद्युत र विद्युतीय क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको तर्जुमा गर्ने संगठन हो। अन्तर्राष्ट्रिय विद्युतीय आयोगको बैठक उक्त संगठनको सर्वोच्च बैठक हो। अक्टोबर १४ तारिखदेखि २५ सम्म शाङहाईमा आईयीसीको ८३ औं बैठकको आयोजना भएको छ। यो बैठकको मुख्य विषय गुणस्तरीय सुन्दर जीवन निर्माण भन्ने रहेको छ। करिब एक सय मुलुकका लगभग तीन हजार आठ सय जना विद्वानहरू उक्त बैठकमा सहभागी भएका छन्।