नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

थाइयुआन उर्जा तथा कम कार्बन विकास मञ्चलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश

2019-10-22 14:22:39

थाइयुआन उर्जा तथा कम कार्बन विकास मञ्च २०१९ अक्टोबर २२ तारिखदेखि चिनियाँ वल्लो शान्सी प्रान्तको थाइयुआन शहरमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त मञ्चलाई शुभकामना सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, उर्जा तथा कम कार्बनको विकास मानवजातिको भविष्यसित सम्बन्धित छ। चीनले उर्जा तथा कम कार्बनको विकासमाथि उच्च महत्व दिनुका साथै उर्जाको उपभोग, आपूर्ति, प्रविधि र प्रणालीको क्रान्तिलाई सक्रिय रूपमा अघि बढाएको छ। चीनले अन्तर्राष्ट्रिय जगतसँगै उर्जाको सहयोगलाई सबल पार्नुका साथै उर्जाको सुरक्षा गरी जलवायुको सामना गर्नुका साथै पर्यावरणीय वातावरणको सुरक्षा गरी दिगो विकासलाई घच्घच्याएर विश्वका विभिन्न देशका जनतालाई अझ बढी फाइदा पुर्‍याउने इच्छा राखेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान