नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

वैज्ञानिक तथा प्राविधिक विशेष आयुक्त परिपाटीको कार्यान्वयनको बीसौं वार्षिकोत्सवमा सीको महत्वपूर्ण आदेश

2019-10-21 16:10:46

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले वैज्ञानिक तथा प्राविधिक विशेष आयुक्त परिपाटीको कार्यान्वयनको बीसौं वार्षिकोत्सवमा महत्वपूर्ण आदेश दिनुभएको छ। उहाँका अनुसार, वैज्ञानिक तथा प्राविधिक विशेष आयुक्त परिपाटीको कार्यान्वयनदेखि बीस वर्षमा विज्ञान तथा प्रविधिलाई गाउँमा पठाउनुका साथै गाउँ, कृषि तथा किसानलाई सेवा दिएको छ। यसको टोली क्रमशः बढेर पार्टीको गाउँ, कृषि तथा किसान नीतिको प्रचार टोली, कृषि विज्ञान तथा प्रविकिको संचारकर्ता, वैज्ञानिक तथा प्राविधिक नयाँ सिर्जनाको नेतृत्व र गाउँ-बस्तीमा गरिबी निवारण गर्ने तथा धनी बन्ने निर्देशक बनेको छ। जसले व्यापक किसानहरूलाई अझ बढी अधिग्रहण र सुखी महसुस दिएको छ।

वैज्ञानिक तथा प्राविधिक विशेष आयुक्तले प्रारम्भिक विचारलाई कायम राखेर विज्ञान तथा प्रविधिको सहयोगमा गरिबी निवारण र गाउँ पुनस्थापन हुने क्षेत्रमा अझ बढी योगदान दिने आशा सीले गर्नुभयो।

वैज्ञानिक तथा प्राविधिक विशेष आयुक्त परिपाटीको कार्यान्वयनको बीसौं वार्षिकोत्सव समीक्षा बैठक अक्टोबर २१ तारिख पैचिङकम आयोजित भएको हो। बैठकमा सीको महत्वपूर्ण आदेश सुनाइएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान