नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

तेस्रो चीन-प्रशान्त टापु देश अर्थिक विकास तथा सहयोग मञ्चका लागि राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश

2019-10-21 14:37:51

तेस्रो चीन-प्रशान्त टापु देश अर्थिक विकास तथा सहयोग मञ्चको बैठक अक्टोबर २१ तारिखदेखि सामोआको राजधानी अपियामा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मञ्चलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सन् २०१८ नोभेम्बरमा राष्ट्राध्यक्ष सीले प्रशान्त टापु देशका नेतागणसँग पपुआ न्यु गिनीमा वार्ता गर्दै सम्बन्धलाई आपसी सम्मान र साझा

विकास हुने चौतर्फी रणनीतिक साझेदारी सम्बन्धसम्म उकास्ने सहमति गर्नुभयो। जसले चीन र प्रशान्त टापु देश बीचको सम्बन्धको नयाँ चरण सुरू भएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, तेस्रो चीन-प्रशान्त टापु देश अर्थिक विकास तथा सहयोग मञ्चको आयोजना उहाँ र प्रशान्त टापु देशहरूका नेतागणबाट प्राप्त महत्वपूर्ण मतैक्य हो। दुई पक्षले उक्त मञ्चको पूर्ण प्रयोग गरी वार्ता, आदान-प्रदान तथा सहयोगलाई सबल पार्नुका साथै सहयोगको अझ विकासलाई घच्घच्याउने आशा उहाँले गर्नुभएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान