नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ राष्ट्राध्यक्ष सी र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

2019-10-13 10:34:42 CRI

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हिजो बाह्र तारिख काठमाण्डौंमा नेपाली कांग्रसका अध्यक्ष शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ।

सीका अनुसार नेपाली कांग्रेस पार्टी र चीनसँग ऐतिहासिक सम्पर्क रहेको छ। सत्तारुढ अवधिमा कांग्रेस पार्टीले चीन र नेपालबीचको सम्बन्धको विकासका लागि महत्वपूर्ण योगदान सिर्जना गरेको छ भने चिनियाँ जनताले यो कुरा भुल्न सक्दैनन्। जुनसुकै राजनीतिक पार्टी सतारुढ भएपनि चीन र नेपाल सधैं मैत्रीपूर्ण छिमेकी रहनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीले पनि कांग्रेस पार्टीसँग सम्पर्क राख्दै आदानप्रदान र सहयोग बढाउने आशा रहेको छ।

प्रत्युत्तरमा सभापति देउवाले कांग्रेस पार्टीका सबै सदस्यको तर्फबाट राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणको हार्दिक स्वागत गर्नुभयो। उहाँका अनुसार नेपालले सधैं एक चीनको नीतिलाई कायम राख्दै कुनै पनि चीन विरोधी शक्तिलाई नेपालमा विभाजनकारी गतिविधि गर्नबाट कडा रूपमा विरोध गर्दै जानेछ। कांग्रेस पार्टीले बेल्ट एण्ड रोड निर्णय प्रस्तावको स्वागत तथा समर्थन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीसँग अझ घनिष्ट मैत्रीपूर्ण आदानप्रदान गर्ने आशा गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान