नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन र भारत नेतास्तरीय दोस्रो अनौपचारिक वार्तामा प्रचुर उपलब्धि

2019-10-13 10:32:27 CRI

सन्2019 अक्टोबर11देखि 12तारिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको चेन्नईमा दोस्रो अनौपचारिक वार्ताको आयोजना गर्नुभएको छ। यस वार्ता पछि चिनियाँ उप परराष्ट्रमन्त्री ल्वो चाउ ह्वीले सञ्चार माध्यमलाई यस वार्ता सम्बन्धी जानकारी दिनुभएको छ।

मैत्रीपूर्ण वातावरणमा यी दुबै मुलुकका नेताहरुले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारेमा वैचारिक आदानप्रदान गर्दै आपसी अझ घनिष्ट विकास साझेदारी सम्बन्धलाई मजबुत बनाउने बारेमा सहमति हासिल गरेका छन्। यी दुबै नेताहरुले पुनःपुष्टि गरेअनुसार सन्2018 अप्रिलमा चीनको उ हानमा आयोजना भएको पहिलो अनौपचारिक वार्तामा प्राप्त सहमति अर्थात चीन र भारत पारस्परिक विकास अवसर हुन् भने वर्तमानमा अन्तर्राष्ट्रिय प्रारुपको स्थिरताका कारकतत्वको भूमिका सिर्जना गर्दछन्।

यी दुबै पक्षले आपसी सम्बन्धको विकासलाई सकारात्मक मूल्याङ्कन गर्दै आपसी द्विपक्षीय आदानप्रदानलाई गहन पार्नेबारे छलफल गरेका छन्।

चीन र भारतले अन्तर्राष्ट्रिय कानूनको आधारमा समावेशी अन्तर्राष्ट्रिय परिपाटीको संरक्षणमा व्यापक तथा साझा हितको पक्ष लिन्छन्। सारा विश्वको व्यापारिक नियम र सिद्धान्तका सामु शंका देखापरेको अवधिमा नियम तथा सिद्धान्त आधारित बहुपक्षीय व्यापारिक प्रणालीको समर्थन गर्ने सहमति यी दुबै पक्षले गरेको छ।

आपसी आर्थिक सहयोगलाई गहन पार्नका लागि यी दुबै मुलुकका नेताहरुले उच्चस्तरीय आर्थिक तथा व्यापारिक वार्ता प्रणालीको स्थापना गर्ने निर्णय गरेका छन्। जसबाट यी दुबै पक्षबीचको व्यापारिक तथा लगानी सहयोग सम्बन्धलाई मजबुत बनाउँदै राम्ररी आपसी आर्थिक तथा व्यापारिक सहयोगको सन्तुलित विकासलाई प्रवर्द्धन गर्नसकिन्छ।

सीमा समस्याको सम्बन्धमा यी दुबै पक्षले निरन्तर रुपमा सिमा क्षेत्रको शान्ति तथा सुरक्षाको संरक्षण गर्न प्रयास गर्दै जाने सहमति गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान