नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

मुख्य लुकाउन निषेधको हङकङका विभिन्न पक्षबाट समर्थन

2019-10-06 14:53:00

हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक क्यारी ल्यामले ४ तारिख प्रशासनिक सम्मेलनमार्फत् निर्णय गर्दै मुख लुकाउन निषेध नियम तर्जुमा गरेर ५ तारिखदेखि लागू हुने जनाउनुभएको थियो। हङकङको विशाल जनमत तथा समाजका विभिन्न क्षेत्रहरूले सो नियमको समर्थन गरेका छन्।

ताकुनपाउ समाचारपत्रले ५ तारिख मुख्य पृष्ठमा लेख प्रकाशित गर्दै यो कदम हिंसा तथा विद्रोहलाई बन्द गर्ने र सामाजिक परिपाटीको पुनः स्थापना गर्ने महत्वपूर्ण कदम भएको र जिम्मेवार सरकारले वहन गर्नुपर्ने भूमिका भएको उल्लेख गरेको छ।

वेनवे समाचारपत्र तथा हङकङ कर्मर्सियल डेलीले पनि लेख प्रकाशित गर्दै सो नियमको समर्थन जनाएका छन्।

हङकङका व्यापारी तथा पेशागत संघ, हङकङ मैत्री संघ, हङकङ द चाइनिज जनरल चेम्बर अफ कर्मस, हङकङ चाइनिज इन्पोर्टस् एण्ड एक्सपोर्टस् एशोसियशन, हङकङ फेडरेशन अफ एजुकेशन वर्कस् ले पनि सो नियमको समर्थन गरेका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान