तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

वैज्ञानिक तथा प्राविधिक नवीनता नै चीनको विकासको अक्षय शक्ति

2019-10-06 14:47:31

चीनले वैज्ञानिक प्राविधिक विकासको स्पष्ट वातावरण सिर्जना गर्दै बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल पारेको छ साथै वैज्ञानिक अध्ययन सम्बन्धि दक्ष व्यक्तिको हुर्काई, प्रयोग तथा प्रोत्साहन अवस्थालाई सुधार गर्दै सम्बद्ध बजेट पनि प्रतिवर्ष थपिरहेको छ। हालसम्म चीनमा आविष्कार आवेदन संख्या तथा प्राधिकरण संख्या विश्वको पहिलो स्थानमा पुगेको छ।

बितेका ७० वर्षमा विशेष गरी सुधार तथा खुलापन लागू भएको ४० वर्षमा चीनले आत्मनवीनता गरेको साथै हितयुक्त साझा विजय आधारित अन्तर्राष्ट्रिय प्राविधिक सहयोगमार्फत मानव जातिले सामना गर्ने समस्याको समाधान गर्दा उत्तम योगदान दिइरहेको छ। मकेन्सी विश्व अनुसन्धानालयले जानकारी दिए अनुसार, सन् २०४० सम्म चीन तथा विश्वका अन्य आर्थिक एकाइबीचको मिलनबाट २ अरब २० करोड-३ अरब ७० करोड अमेरिकी डलर बराबर मूल्य सिर्जना गरिने सम्भावना छ र यो संख्या विश्वको कूल आर्थिक परिमाणको १५-२६ प्रतिशत हुने छ।

भविष्यमा चीनले विश्वको वैज्ञानिक तथा प्राविधिक विकास प्रवाहसँग अनुकूल भई विश्व वैज्ञानिक प्राविधिक नेटवर्कमा प्रवेश गरेर विश्वको मुख्य विज्ञान केन्द्र तथा नवीन केन्द्र बन्न प्रयास गर्दै जाने छ। चीनले आफ्नो वैज्ञानिक प्राविधिक प्रगति हासिल गर्दै अझ बढी मुलुक तथा क्षेत्रका जनतालाई लाभान्वित गराउने छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान