नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

वैज्ञानिक तथा प्राविधिक नवीनता नै चीनको विकासको अक्षय शक्ति

2019-10-06 14:47:31

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा नब्बे वर्षिय चिनियाँ महिला वैज्ञानिक एवं नोबेल पुरस्कारको फिजियोलोजी मेडिकल अवार्डबाट पुरस्कृत थु योयोलाई ‘गणतन्त्र पदक' प्रदान गरिएको छ। उनी र उनको टोलीले परम्परागत चिनियाँ चिकित्साको आधारमा आर्टेमिसिनबाट औलो रोगीको उपचार गर्ने उपाय पत्ता लगाएर विश्वव्यापी दशौं लाख औलो रोगीको ज्यान बचाएको छ। यो चिकित्सकीय उपलब्धि नयाँ चीन स्थापनाको ७० वर्षमा वैज्ञानिक विकास तथा प्रगतिको एक सानो रूप हो।

बितेका ७० वर्षमा चीनले आधारभूत विज्ञान अध्ययन क्षेत्रमा फड्को मार्ने गरी उपलब्धि हासिल गर्दै रासायनिक, सामग्री, भौतिक शास्त्र लगायत क्षेत्रहरूमा विश्वको अग्रसर स्थान ओगटेको छ र विश्वको नवीनताको नक्शामा दिनप्रतिदिन महत्वपूर्ण ध्रुव बनिरहेको छ।

बितेका ७० वर्षमा चीनले वैज्ञानिक प्राविधिक नवीन क्षेत्रमा प्राप्त गरेको उपलब्धिमूलक प्रगति राष्ट्रिय तहको उच्च महत्वसँग घनिष्ट रूपमा सम्बन्धित छ। बितेका ७० वर्षमा सर्वोच्च तहको डिजाइनबाट चीनको वैज्ञानिक प्राविधिक नवीनताको लागि निर्णायक पथप्रदर्शकको भूमिका निर्वाह गरिरहेको देखिन्छ। बितेका केही वर्षयता, चीन सरकारले उत्कृष्ट दक्ष व्यक्तिहरू, उच्चस्तरिय विज्ञान तथा प्रविधि, क्षमतायुक्त उद्योग व्यवसाय, बलियो अर्थतन्त्र र शक्तिशाली देशसमेत नवीन विकासको नयाँ बाटोबाट यात्रा गरिरहेको छ। हालसम्म चिनियाँ उद्यमहरूले सम्पूर्ण समाजमा अध्ययन तथा विकास क्षेत्र, अनुसन्धानकर्ता तथा आविष्कार क्षेत्रमा गरेको लगानी सम्पूर्ण लगानीको ७० प्रतिशत भन्दा बढी पुगेको छ। आलीबाबा, ह्वावै, टेन्सेन्ट लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमतायुक्त उद्यमहरूको छिटो विकास भइ एआई, ५-जी, हाइस्पिड रेल, मोबाइल भुक्तानी, नवीन ऊर्जा गाडी लगायत विविध क्षेत्रमा विश्वको अग्र स्थानमा पुगेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान