नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

दौत्य सम्बन्धको ७०औं वार्षिकोत्सवमा चिनियाँ राष्ट्राध्यक्ष सी र उत्तर कोरियाली नेता किमबीच बधाई साटासाट

2019-10-06 14:22:53

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले अक्टोबर ६ तारिख प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली श्रमिक पार्टीका महासचिव एवम् राज्य परिषदका अध्यक्ष किम जोङ‌ ऊनसँग चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापनाको उत्तरीऔं वार्षिकोत्सवमा एक अर्कालाई बधाई सन्देश सम्प्रेषण गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले बधाई सन्देशमा जनगणतन्त्र चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनताको तर्फबाट किम र श्रमिक पार्टी, उत्तर कोरिया सरकार र उत्तर कोरियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

उहाँले सत्तरी वर्षयता दुई पार्टी र दुई मुलुकका हरेक पुस्ताका नेताहरूको समर्थन र दुई पक्षको प्रयासमा चीन र उत्तर कोरियाको परम्परागत मित्रता निरन्तर रुपमा विकास भएको, विभिन्न क्षेत्रमा दुई मुलुकको आदान-प्रदान र सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको कुरा बताउनुभयो।

प्रत्युत्तरमा किम जोङ ऊनले बधाई सन्देशमा श्रमिक पार्टी, उत्तर कोरिया सरकार र जनताको तर्फबाट महासचिव सी र महासचिव सीमार्फत चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

किमले महासचिव सीसँग मिलेर उत्तर कोरिया र चीन यी दुवै मुलुकका जनताहरूको साझा इच्छा बमोजिम उत्तर कोरिया र चीनबीचको मित्रतालाई सुदृढ पार्ने, कोरियाली प्रायद्विप र विश्व शान्ति तथा स्थिरताको संरक्षण गर्ने कुरा बताउनुभयो।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान