नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

क्वाङ तुङ स्वतन्त्र व्यापार परीक्षण क्षेत्रले क्वाङ तुङ-हङकङ-मकाउ बृहत खाडी क्षेत्रको निर्माणमा सहयोगात्मक भूमिका निर्वाह गर्नेः हु छुन व्हा

2019-10-05 18:54:14

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक व्यूरोका सदस्य एवम् चीनका उप प्रधानमन्त्री हु छुन व्हाले अक्टोबर दुई तारिखदेखि पाँच तारिखसम्म क्वाङ तुङ प्रान्तमा स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको निर्माण कार्यको निरीक्षण गर्नुभएको छ। उहाँले महासचिव सी चिन फिङको महत्वपूर्ण आदेशलाई कार्यान्वयन गर्नुपर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषदको निर्णयबमोजिम उच्च मापदण्ड र उच्च गुणस्तरमा क्वाङ तुङ स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको निर्माणलाई अगाडि बढाउनुपर्ने, सुधारलाई सबल पार्नुपर्ने र खुलापनलाई विस्तार गर्नुपर्ने, यो स्वतन्त्र व्यापार परीक्षण क्षेत्रलाई क्वाङ तुङ-हङकङ-मकाउ बृहत खाडी क्षेत्रको सहयोगा तथा मोडेल क्षेत्र बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

उप प्रधानमन्त्री हुले शन चन शहर, तुङ क्वान शहर, क्वाङ चौ शहर, फो शान शहरको एकपछि अर्को गरी निरीक्षण गर्नुभयो। सो अवसरमा उहाँले स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको निर्माणबारे ठोस जानकारी लिनुभयो।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान