नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

राज्य परिषद हङकङ मकाउ कार्यालयका प्रेस प्रवक्ताको भनाई

2019-10-05 15:25:04

चीनको राज्य परिषद हङकङ मकाउ कार्यालयका प्रवक्ता याङ क्वाङले ४ तारिख हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले घोषित गरेको 'मुख लुकाउने निषेध नियम'को तर्जुमाबारे चर्चा गर्नुभएको छ। सो नियमको आवश्यकताबारे जोड दिँदै प्रवक्ता याङले यसबाट हिंसात्मक अपराधलाई प्रहार तथा प्रतिरोध गर्न तथा सामाजिक परिपाटीको पुनः स्थापना गर्नको लागि हितयुक्त भएको जिकीर गर्नुभयो।

प्रवक्ता याङले अगाडि भन्नुभएको छः हङकङमा हिंसात्मक गतिविधि चलिरहेको ४ महिना भन्दा बढी भइसक्यो र हिंसा चर्कँदै गएको छ। अक्टोबर १ तारिख राष्ट्रिय दिवसको दिनमा हङकङका केही विपक्षी तत्वहरू तथा उग्रवादी हिंसात्मक तत्वहरूले अवैध रूपमा भेला भई विद्रोह गरेका छन् जसबाट ३० जना प्रहरी घाइते भएका छन्। प्रवक्ता याङले यस्तो गतिविधिको पनि कडा निन्दा गर्नुभयो।

केन्द्रिय सरकारले एक देश दुई व्यवस्था, हङकङवासी हङकङको शासन गर्ने सिद्धान्तको दृढताका साथ पालना गर्दै मुख्य प्रशासक क्यारी ल्यामको नेतृत्वमा रहेको विशेष प्रशासनिक क्षेत्रीय सरकारले कानून बमोजिम शासन गर्न समर्थन दिँदै जाने प्रकाश पनि प्रवक्ता याङले पार्नुभएको छ। साथै प्रशासनिक क्षेत्रीय सरकार तथा समाजका विभिन्न पक्षसँग व्यापक आदानप्रदान तथा वार्ता गर्दै हङकङको गहन अन्तर्विरोध तथा समस्याको प्रभावकारी समाधान उपाय खोजेर समाजको स्थिरता तथा मेलमिलापको प्रवर्द्धन गर्ने आशा पनि प्रवक्ता याङले गर्नुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान