नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनद्वारा काउ फन दश नम्बरको उपग्रहको सफलताका साथ प्रक्षेपण

2019-10-05 14:18:23

अक्टोबर पाँच तारिख 2 बजेर 51 मिनेट चीनले थाइ युआन उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ चार नम्बर ग क्यारियर रकेटमार्फत काउ फन दश नम्बर उपग्रहको सफलताका साथ प्रक्षेपण गरेको छ। उक्त उपग्रह निर्धारित लिगमा सुचारु रुपमा प्रवेश भएको छ। यस पटकको प्रक्षेपण कार्यले सफलता प्राप्त गरेको छ।

काउ फन दश नम्बर उपग्रह जमीनको गणना, शहरी योजना, सडक सञ्जालको डिजाइन, कृषि उपजको उत्पादन मात्राको अनुमान, प्रकोपको नियन्त्रण र न्यूनीकरण आदि क्षेत्रहरूमा प्रयोग गरिने छ। यसका साथै उक्त उपग्रहले “बेल्ट एण्ड रोड” सहयोग प्रस्तावको कार्यान्वयन र प्रतिरक्षाको आधुनिकीकरणको निर्माणका लागि सूचनाको प्रत्याभूति उपलब्ध गराउनसक्ने छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान