नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हङकङमा मुख लुकाउने निषेधको नियम ५ तारिखदेखि लागू

2019-10-04 19:10:21

हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक क्यारी ल्यामले ४ तारिख विशेष प्रशासनिक बैठक बोलाएकी छन्। सो बैठकमा ‘आपतकालीन अवस्था नियम'लाई उद्धृत गर्दै सामाजिक परिपाटीको चाँडै पुनः स्थापना तथा बिद्रोह बन्द गर्नको लागि ‘मुख लुकाउने निषेध नियम' तर्जुमा गर्ने निर्णय गरिएको छ।

क्यारी ल्यामले सो नियम तर्जुमा गरेको कारणबारे ब्याख्या गर्दै बितेका ४ महिनामा हिंसात्मक गतिविधिमा संलग्न प्रदर्शनकारीहरू सबै मुख लुकाएको र यो नियम तर्जुमा गरेपछि प्रहरीले कानून बमोजिम काम गर्न सहयोगी हुने ठहर गरेकी छन्।

प्राप्त जानकारी अनुसार, ‘मुख लुकाउने निषेध नियम' अक्टोबर चार तारिख राती बाह्र बजेदेखि लागू हुने छ र सो नियमको विपरीत गर्नेहरूलाई बढीमा २५ हजार हङकङ डलर जरिवाना तिराइनुका साथै १ वर्षसम्म थुन्न सकिने छ।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान