नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र गुयनाका राष्ट्रपति कुन्डेबीच दौत्य सम्बन्धको साठीऔं वार्षिकोत्सवबारे बधाई साटासाट

2019-10-04 18:47:58

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर चार तारिख गुयनाका राष्ट्रपति अल्फा कुन्डेसँग दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सवबारे बधाई साटासाट गर्नुभएको छ।

सीले बधाई सन्देशमा चीन र गुयनाबीचको सम्बन्धमा महत्व दिएको बताउँदै राष्ट्रपति कुन्डेसँग मिलेर दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सवलाई नयाँ शुभारम्भ बिन्दुको रुपमा अपनाएर “बेल्ट एण्ड रोड”को राम्रोसँग निर्माण गर्ने, मित्रता र पारस्परिक विश्वासलाई सुदृढ पार्ने, सहयोगलाई सबल पार्ने, दुई मुलुकको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई विकास गर्न अगाडि बढाउने, चीन र अफ्रिकाको भाग्य समुदायको सिर्जना गर्न सकारात्मक योगदान दिने कुरा बताउनुभयो।

त्यस्तै कुन्डेले बधाई सन्देशमा गुयना र चीनबीच दौत्य सम्बन्ध स्थापना हुनु अफ्रिका र चीनबीचको सम्बन्धको विकासका लागि महत्वपूर्ण अर्थ रहेको कुरा बताउनुभयो। साथै उहाँले लामो समयदेखि दुई मुलुकको विशेष मैत्रीपूर्ण सम्बन्ध अफ्रिका र चीनबीचको मैत्रीपूर्ण सहयोगको सूक्ष्म छवि भएको बताउँदै गुयनाले “बेल्ट एण्ड रोड” प्रस्तावको सकारात्मक मूल्यांकन गरेको, चीनसँग परम्परागत मित्रतालाई सुदृढ पार्ने, चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनको उपलब्धिलाई व्यवहारमा उतार्ने, दुई मुलुकको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई अगाडि बढाउने कुरा बताउनुभयो।





पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान