नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सी चिन फिङ र बेल्जियमका राजा फिलिपबीच बेल्जियमस्थित पान्डाले बच्चा जन्माएकोमा एक अर्कालाई बधाई सन्देश

2019-10-03 16:53:09

चालू वर्षको अगष्ट महिनामा बेल्जियममा रहेको “हाउ हाउ”नामक पान्डाले दुई वटा बच्चा सफलताका साथ जन्माएकी छ। हाल चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बेल्जियमका राजा फिलिप लिओपोल्ड लुइस मारीले एक अर्कालाई बधाई सन्देश दिनुभएको छ।

बधाई सन्देशमा सी चिन फिङले दुई वटा बच्चा पान्डा जन्मेकोमा शुभकामना व्यक्त गर्नुभयो। उहाँले चीन र बेल्जियमबीचको सम्बन्धको विकासमा महत्व दिएको व्यक्त गर्नुका साथै राजा फिलिपसँग मिलेर चीन र बेल्जियमको चौतर्फी मैत्रीपूर्ण सहयोगात्मक साझेदारी सम्बन्धलाई अझै उच्च स्तरतर्फ अघि बढाउने आशा व्यक्त गर्नुभयो।

फिलिपले बधाई सन्देशमा दुई वटा बच्चा पान्डाको जन्म एक खुशीको सूचना हो भन्दै धेरै क्षेत्रहरूमा दुई मुलुकको सहयोगको उच्च प्रशंसा गरेको बताउनुभयो।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान