नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

प्रधानमन्त्री शिन्जो अबेद्वारा राष्ट्राध्यक्ष सीको जापान भ्रमणको अपेक्षा

2019-10-03 14:20:54

चाइना मिडिया ग्रुपका पत्रकारले अक्टोबर दुई तारिख दिउँसो टोकियोमा जापानका प्रधानमन्त्री शिन्जो अबेसँग विशेष अन्तर्वार्ता लिएका छन्। प्रधानमन्त्री अबेले जापानी जनताको तर्फबाट जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवप्रति शुभकामना दिनुभयो। उहाँले जापान र चीनबीचको सम्बन्ध अझै सुदृढ हुनसक्ने आशा व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सी चिन फिङले आगामी वर्षको वसन्त ऋतुमा जापानको राजकीय भ्रमण गर्नुहुने छ। यसबारे अबेले जापानी जनताले राष्ट्राध्यक्ष सीको भ्रमणको अपेक्षा गर्नुका साथै राष्ट्राध्यक्ष सीको भ्रमण सफल हुनसक्ने शुभकामना दिएको बताउनुभयो।

जापान र चीनबीचको सम्बन्धबारे चर्चा गर्दै अबेले जापान र चीनबीचको द्विपक्षीय सम्बन्धले विकास हासिल गरेको र दुई मुलुकका जनताको पारस्परिक समझदारी निरन्तर रुपमा बलियो हुँदै गएको बताउनुभयो। साथै उहाँले दुई मुलुकको आर्थिक तथा व्यापारिक आदान-प्रदान निरन्तर रुपमा घनिष्ठ भएको र विकासको यो राम्रो प्रवृत्ति निरन्तर रुपमा चल्दै जानुपर्ने कुरा बताउनुभयो।

अबले आगामी वर्षको वसन्त ऋतुमा राष्ट्राध्यक्ष सीको जापानको राजकीय भ्रमणको अपेक्षा गर्नुका साथै राष्ट्राध्यक्ष सीको भ्रमण जापान र चीनको सम्बन्धको नयाँ अध्यायको शुभारम्भ बिन्दु बन्नसक्ने आशा व्यक्त गर्नुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान