नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

उच्चस्तरिय खुलापनमार्फत् चीनले आर्थिक विश्वव्यापीकरणलाई बढाउँदै जाने

2019-10-03 14:19:57

पो सु फी कम्बोडियाकी एक जना सामान्य महिला हुन्। ७ वर्षअघिको तुलनामा हाल उनले घर तथा मोटरसाइकल किनिसकेकी छन् भने २ जना छोराछोरीको स्कूल शुल्क पनि तिर्नसक्ने भएकी छिन्। उनको जीवनमा आएको यो ठूलो परिवर्तनको कारण सिंहानुक आर्थिक विशेष क्षेत्रमा खोलिएको चिनियाँ कम्पनीले दिलाएको रोजगारी हो। सन् २००८मा स्थापना गरिएको सो विशेष क्षेत्र चीन तथा कम्बोडियाका उद्यमहरूको संयुक्त निर्माण हो भने यो नै चीनले खुलापनका क्रममा विश्वसँगै विकास मौका बाँड्न खोजेको एउटा सानो स्वरूप मात्र हो।

बितेका ७० वर्षमा चीनले मानवजातिको इतिहासमा नदेखिएको विकासको चमत्कार सिर्जना गरेको छ जसबाट प्रमाणित गरिएको छ कि सुधार तथा खुलापन नै वर्तमान चीनको भाग्यको फैसला गर्ने महत्वपूर्ण कदम हो। यस कदमबाट चीनको आर्थिक अवस्थाले फड्को मार्ने गरी परिवर्तन ल्याएको छ साथै विश्व अर्थतन्त्रलाई पनि लाभान्वित गराएको छ। सन् २००६ देखि यता चीनले विश्वको आर्थिक वृद्धिमा गरेको योगदान दर विश्वमा पहिलो स्थानमा रहिरहेको छ। यसबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व महाप्रबन्धक क्रिस्टिना लागार्देले भन्नुभयोः चीनको खुलापनको विस्तारबाट विश्वको लागि मौका हो। चीन विश्वको बजार र विश्वको कारखाना पनि हो। चीनमा विश्वको सबैभन्दा ठूलो उपभोग बजार हुनुका साथै विश्वमा सबै किसिमका औद्योगिकता भएको एउटै मात्र मुलुक भएकोले आपूर्ति श्रृंखला पूर्णताको विशेषता चीनसँग छ। चीनबाट निर्यात गरिएका उत्पादित वस्तु उच्च गुणस्तरिय भएकोले अन्तर्राष्ट्रिय बजारको फरक माँगलाई पूरा गर्नसक्छ र निर्यात गन्तव्य मुलुकका वासिन्दाहरूको खर्च घटेको छ जसबाट गन्तव्य मुलुकमा मुद्रास्फितिको दबावलाई कम पारिएको छ।

चीनको वैदेशिक लगानीले विश्वको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। बितेका ७० वर्षमा चीनको वैदेशिक लगानी शून्यबाट खरबौं अमेरिकी डलर बढेको छ जसबाट लगानी गन्तव्य मुलुकमा प्रशस्त रोजगारी मौका तथा कर आम्दानी भइरहेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान